काठमाडौं । टीका ग्रहणका आवतजावत सहजका लागि नेपाल प्रहरीले मंगलबार विजयादशमीको दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा दिने भएको छ ।
उपत्यका दुई वटा रुटमा निःशुल्क सेवा दिने प्रहरी हेडक्वाटरले जनाएको छ ।
दुई वटा रुटमा बिहान साढे ८ बजे र अपराह्न ४ बजेसम्म निःशुल्क बस सञ्चालन हुनेछन् ।
टीकाको दिन सशस्त्रले पनि निःशुल्क बस सेवा सञ्चालन गर्ने घोषणा गरिसकेको छ ।