काठमाडौं । आजदेखि सार्वजनिक सवारी साधनमा दसैंका लागि अग्रिम बुकिङ खुलेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको हो ।
सबै व्यवस्थापन गरी बुकिङ खुला गरिएको जानकारी प्राप्त भएको छ । हरेक वर्ष दसैं, तिहार र छठ पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् ।
आवागमनलाई सहज बनाउन वर्षाका कारण बिग्रेका सडकको मर्मत तत्काल गर्न पनि मन्त्री ज्वालाले निर्देशन दिएइसकेका छन् ।