January 13, 2025, Monday
२०८१ माघ १
1:37:26 pm

भूकम्पका कारण भएको क्षतिको व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन

995

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पका कारण भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले बझाङ र आसपासमा थप राहत र पुनः स्थापनाका लागि समन्वयात्मक रूपले अझ जोड दिएर काम गर्न पनि निर्देशन दिएका हुन् ।

तत्काल पुग्नुपर्ने श्रोत र हुनुपर्ने व्यवस्थापनमा तीन तहकै सरकारले आवश्यक भूमिका निभाउन प्रधानमन्त्री प्रचण्डले निर्देशन दिए ।

उनले सम्भावित विपद्जन्य घटनाको लागि पूर्व तयारी गर्नु र रहनुपर्ने आवश्यकता रहेका भन्दै नेपाल उच्च भूकम्प जोखिम क्षेत्रमा पर्ने र कुनै पनि बेला कहीँ विपद्जन्य घटना हुनसक्ने भएकाले आवश्यक पूर्व तयारी गर्नुपर्ने बताए ।

Advertisement

प्रधानमन्त्री दाहाल शुक्रबार भूकम्पको केन्द्रबिन्दु क्षेत्र बझाङ गएर प्रत्यक्ष अवलोकन गर्ने र त्यसबाट आएको रिपोर्टपछि थप कार्यक्रम अघि बढाउने बताइएको छ ।