December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

नेपालगञ्जको कर्फ्यु खुकुलो बनाउने सर्वपक्षीय बैठकको निर्णय

975

नेपालगन्ज । नेपालगञ्जमा चार दिनयता बढेको साम्प्रदायिक तनावका कारण लागेको कर्फ्यु सर्वपक्षीय बैठकले खुकुलो बनाउने निर्णय गरेको छ ।

कफ्र्यूलाई पूर्ण रुपमा हटाउन प्रयत्न गर्ने निर्णय यहाँस्थित राजनीतिक दलहरु, सुरक्षा निकाय, स्थानीय नागरिक सरोकारवालाहरुले गरेका छन् ।

सामाजिक सञ्जालबाट सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउने क्रियाकलाप गर्ने कुनै पनि व्यक्तिलाई तत्काल कानुनबमोजिम कडा कारबाही गर्ने निर्णयमा उल्लेख छ ।

Advertisement