January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

आज थप ४८८ मा सङ्क्रमणको पुष्टि

1.2K

काठमाडौं: नेपालमा कोरोनाभाइरसका ४८८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ५२७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।


मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६५ ह्जार २६८ जना भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल चार हजार ३७३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । पछिल्लो चौबीस घण्टामा ५२७ जना कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ५८ हजार ९६८ जना सङ्क्रमित निको भएका छन् ।


मन्त्रालयले हालसम्म १९ लाख ८७ हजार ५५५ जनाको आरटीपीसीआर परीक्षण गरिएको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा दश जना सङ्क्रमितको मृत्यु भएको छ । उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ९२७ पुगेको छ ।

Advertisement


हाल २३७ जना क्वारेन्टिनमा र चार हजार ३७३ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।