September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

संवैधानिक अभ्यासमा भएका कमी कमजोरी सच्चाउँदै व्यवहारिक कार्यान्वयनमा ध्यान दिएर अघि बढ्नुपर्छ: देउवा

520

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक अभ्यासमा भएका कमी कमजोरी सच्चाउँदै संविधानको व्यवहारिक कार्यान्वयनमा विशेष ध्यान दिएर अघि बढ्नुपर्ने बताएका छन्।संविधान दिवसका अवसरमा शुभकामना दिँदै सभापति देउवाले यस्तो अभिव्यक्ति दिएका हुन् ।

सभापति देउवाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘सबै राजनीतिक दल, नागरिक समाज, नीजि क्षेत्र र विभिन्न पेशाकर्मीहरुको सामूहिक प्रयत्नबाट अब मुलुकलाई समुन्नत देशको रुपमा अघि बढाउनु पर्ने दायित्व हामी सबैको काँधमा आएको छ ।’

उनले ९ वर्षको अवधिमा प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन सम्पन्न भई तीनै तहले दोस्रो कार्यकालको रुपमा काम गरिरहेका र नयाँ संविधान अनुसार विभिन्न ऐन कानून निर्माण सम्पन्न भई संविधान पूर्ण कार्यान्वयन तर्फ अघि बढेको पनि बताए।

Advertisement

शुभकामना सन्देशमा नयाँ संविधान अनुसारको स्थानीय, प्रदेश र केन्द्र तीनै तहका सरकार जनताको अपेक्षा अनुसारको काम गर्न अग्रसर देखिएको पनि उल्लेख गरिएको छ ।