December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

गणेशमान सिंहको सन्देश वर्तमान र भावी पुस्तासम्म पुर्‍याउन आवश्यक: राष्ट्रपति पौडेल

1.1K

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने नेता गणेशमानको सन्देश वर्तमान र भावी पुस्तासम्म पु¥याउन आवश्यक रहेको बताए । मंगलबार भक्तपुरमा गणेशमान सिंहको प्रतीक अनावरण कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले उनको सन्देश नयाँ पुस्तासम्म पुर्‍याउन आवश्यक रहेको बताएका हुन् ।

गणेशमान सिंह सबैको सर्वमान्य नेताका रूपमा मानेको नेता भएको बताउदै सिंहले राजनीतिलाई सत्ता र शक्तिको साधन नभएको राष्ट्रपतिको भनाइ थियो । सिहंले राजाले प्रधानमन्त्री बन्नु भन्दा समेत अस्वीकार गरेको स्मरण गर्दै प्रतीकसहितको गणेशमान पार्कले उनको आर्दशपूर्ण जीवनलाई भावी पुस्तासम्म जीवन्त राख्न मद्दत पु¥याउने विश्वास लिएको पनि बताए ।

गणेशमानको साथ र समिप्यता आफ्नो राजनीतिक जीवनमा पनि पाएको स्मरण गर्दै राष्ट्रपति पौडेलले गणेशमानको समिप्यताले आफूलाई पनि सत्य र आदर्शको बाटोमा हिँड्न प्रेरित गरेको बताए ।

Advertisement