काठमाडौं । संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीहरूलाई सजाय माफ गरेका छन् । राष्ट्रपति पौडेलले भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफ गरेका हुन् ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार भदौ २९ गते बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार भीमबहादुर खवास समेत ४९७, हर्कबहादुर लिम्बु समेत १७० जना र जेष्ठ नागरिक सहनदिन भन्ने समदिन मियाँ समेत ३ जनाको सजाय माफ गरिएको हो ।
हरेक वर्ष संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपतिले कैदीहरूलाई आममाफी दिने चलन छ ।