September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

राष्ट्रिय बाल दिवसको अवसरमा राष्ट्रपति पौडेलको शुभकामना सन्देश

330

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस, २०८० को अवसरमा शुभकामना दिएका छन् । शक्रबार एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना दिएका हुन् ।

यस वर्ष ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ मनाउन लागिएको राष्ट्रपतिको भनाइ छ । सन्देशमा राष्ट्रपतिले भनेका छन्, ‘नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । संविधानले गरेको मार्गदर्शनबमोजिम बालबालिका सम्बन्धी ऐन, २०७५ र बालबालिका नियमावली, २०७८ पनि जारी भई कार्यान्वयनको अवस्थामा रही बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणजस्ता विषयहरूमा उल्लेखनीय कार्यहरू समेत हुँदै आएका छ ।’

सन्देशमा बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहलगायत सम्पूर्ण सरकारीर गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवम् अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिकाको अहम दायित्व हुन आएको उनले संदेशमा उल्लेख गरिएको छ ।

Advertisement

केही बालबालिकाहरू अझै पनि आफ्नो बालअधिकारबाट वञ्चित भएको अवस्था रहेको भन्दै बालबालिका भविष्यका कर्णधार रहेकाले उनीहरूको उचित संरक्षण र रेखदेख सबैको कर्तव्य रहेको पनि पौडेलले बताएका छन् । उनीहरूको बाल्यकालको रेखदेखले नै मुलुकको भविष्यलाई प्रतिबिम्बित गर्दछ राष्ट्रपतिको संदेशमा उल्लेख छ ।

हरेक वर्ष भाद्र २९ गते बालबालिकाको राष्ट्रिय पर्वको रूपमा राष्ट्रिय बाल दिवस मनाइँदै आइएको छ ।