April 22, 2026, Wednesday
२०८३ बैशाख ९
1:37:26 pm

संविधानसभा अध्यक्ष नेम्बाङको राजकीय सम्मानका साथ अत्येष्टि

1.6K

काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको अत्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गरिएको हो ।

बालुवाटारस्थित निवासबाट शवयात्रा सुरु गरि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पु¥याइएको नेम्बाङका छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । लगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो ।

पशुपतिमा परिवारका सदस्यहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएका थिए । अन्तिममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएका थिए ।

Advertisement

यसअघि नेम्बाङको पार्थिव शरीर बालुवाटारस्थित निवासबाट याक्थुङ सँस्कृति अनुसारको विधिपूर्वक उठाइएको थियो । उनको अन्त्येष्टि याक्थुङ मुन्धुम र हिन्दु सँस्कृति अनुसार गरिएको छ ।

शवयात्रामा नेपाली सेनाको ब्याण्ड टोली अघि–अघि र शव बोकेको गाडी पछि–पछि थियो । यात्रामा अन्य शुभेच्छुक तथा सर्वसाधारण पनि सहभागी थिए ।