April 22, 2026, Wednesday
२०८३ बैशाख ९
1:37:26 pm

स्व.सुवास नेम्बाङको शवयात्रा सुरु

1.3K

काठमाडौं । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्बाङको शवयात्रा सुरु भएको छ । उनको पार्थिव शरीर अन्त्येष्टिका लागि बालुवाटार निवासबाट पशुपतितर्फ लगिएको हो ।

बालुवाटारबाट टिचिङ अस्पताल, नारायणगोपाल चोक, धुम्वाराही, चाबहिल हुँदै पशुपतिसम्म शव यात्रा गरिने नेकपा एमालेले जनाएको छ । नेम्बाङको आजै राजकीय सम्मानसहित हित हिन्दु र लिम्बू परम्पराअनुसार अन्त्येष्टि गरिँदै छ ।

शव यात्रामा नेकपा एमालेका नेता कार्यकर्ता, समर्थक शुभेच्छुक सहभागी छन् ।

Advertisement