काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बस्दै छ । बैठक आज दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्ने छ ।
आजको बैठकमा संविधान सभा अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवास नेम्बाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।
नेम्बाङको गत सोमबार राति निधन भएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलका उपनेतासमेत रहेका ७१ वर्षीय नेम्बाङलाई हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पु¥याइएको थियो । अस्पताल पु¥याउने बित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
नेम्वाङको बिहीबारै पशुपति आर्यघाटमा राजकीय सम्मानसहित हिन्दु र लिम्बू परम्पराअनुसार अन्त्येष्टि गरिँदै छ ।