January 23, 2022, Sunday
२०७८ माघ १०
1:37:26 pm

राष्ट्रका लागि उच्च साहस दर्शाएर राजगद्दी त्यागे तर अहिले सन्तुष्ट छैन :पुर्व राजा

1.1K

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको राष्ट्रिय अखण्डताका लागि एकताको गाँठो बलियो पार्नुपर्ने आवश्यकता औंल्याएका छन ।पूर्वराजा शाहले अहिलेको नेपालको राजनीति इमानदारी र जनहितमा आधारित नभएको पनि दाबी गरेका छन । राजगद्दी त्यागेर आफूले उच्च साहस र इमानदारी दर्शाएको बताउँदै उनलेे अहिलेको व्यवस्थाप्रति असन्तुष्टि समेत जनाए ।

पूर्वराजा शाहले देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरूले सक्रिय भूमिका निर्वाह गरेको दाबी गरे । संवैधानिक राजतन्त्रको मर्यादाअनुरूप व्यवहार भएको र राजगद्दी त्याग्ने सम्मको उच्च साहस र इमानदारी पनि दर्शाएको जिकिर गरे । अहिले देशले व्यहोरेको राजनीति क्षतिको समीक्षा गर्न विलम्ब भएको उनको भनाइ छ ।

पूर्वराजा शाहले परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै बाह्य शक्ति बढाउने र इच्छा पूरा गर्ने अवाञ्छित क्रियाकलाप नेपालमा भित्रिएको आरोप लगाए। पूर्वराजा शाहले पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा शुभकामना सन्देश दिँदै पृथ्वीनारायण शाहको मार्गदर्शन नेपालको अस्तित्व रक्षा, एक मार्गदर्शन नेपालको अस्तित्व रक्षा, एकता र समृद्धि लक्षित भएको बताए ।

Advertisement