काठमाडौं । सरकारले ३ दिन संविधान दिवस मनाउने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको संविधान दिवस मूलसमारोह समितिको बैठकले विविध रचनात्मक कार्यक्रमसहित तीन दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको हो ।
बैठकले असोज २, ३ र ४ गते संविधान दिवस मनाउने निर्णय गरेको छ । असोज २ गते विशेष संवाद, जनचेतनामूलक कार्यक्रम, संविधान दिवस विशेषाङ्क प्रकाशन, अन्तरक्रिया, दीपावली लगायतका कार्यक्रम हुनेछन् भने ३ गते सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस विशेष समारोह गर्ने कार्यक्रम रहेको छ ।