December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

जनताले देखेका सपना पूरा गर्ने दिशामा राजनीति गतिशील हुने छ: प्रधानमन्त्री प्रचण्ड

805

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले इतिहासले नै सम्झिनेगरी साहसिक र जनपक्षीय कामहरु अघि बढाइरहेको बताएका छन् । आफू नेतृत्वमा रहेको सरकारले सामाजिक न्यायको प्रत्याभूति, सुशासन, सार्वजनिक सेवा, प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै काम गरिरहेको उनको भनाइ छ ।

शनिबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को शुभारम्भ गर्दै उनले भने, ‘सरकारले इतिहासले नै सम्झिनेगरी कयौं साहसिक र जनपक्षीय कामहरु अघि बढाइरहेको छ । एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामहरुले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै गएको निराशा चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको छु । राजनीतिक र सामाजिक अराजकताको स्थानमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास क्रमशः बढ्दै गएको छ । तर, हामी आफैंले गरेका राम्रा काम पनि जनतासम्म र्पुयाउन सकेका छैनौं । यो अभियानले सरकारका तर्फबाट भइरहेका जनपक्षीय कामहरुलाई समेत जनतामा सम्प्रेषण गर्दै सरकार र जनताबीच सम्बन्ध बिस्तार गर्नेछ ।’

दाहालले जनताले देखेका सपना, अपेक्षा पूरा गर्ने दिशामा राजनीति गतिशील हुने बताए । उनले नेपालको राजनीतिक आन्दोलन नयाँ चरणमा प्रवेश गरेको समेत बताए ।

Advertisement