April 11, 2026, Saturday
२०८२ चैत्र २८
1:37:26 pm

देश दुर्घटनामा पर्ने खतरा छ: प्रधानमन्त्री

1.3K

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश ठूलो दुर्घटनामा जाने खतरा रहेको बताएका छन् । अहिले परिवर्तन उल्टिने खतरा आफूले देखिरहेको उनले बताएका हुन्।

मंगलबार बिहान राष्ट्रिय सभागृहमा आयोजित पार्टीको उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रचण्डले भने, ‘मैले एकपटक फेरि जीवनको यो क्षणमा एउटा नयाँ क्रान्ति थालनी नगर्ने हो भने मेरो चिन्ता के छ भने देश दुर्घटनामा पर्ने खतरा छ । यो परिवर्तन उल्टिने खतरा छ । परिवर्तन उल्टिने मात्रै होइन, त्यसो भए तपाईँ हामी सबै नै कुनै न कुनै रूपले त्यो दुर्घटनाको सिकार हुने खतरा छ ।’

mostbet

उनले आफूहरूको शक्ति मजबुत नभए अलिकति कमजोर देखिने बित्तिकै प्रतिक्रियावादीले के-के गर्छन् भन्ने भोगिसकिएको बताए ।

Advertisement

प्रधानमन्त्री प्रचण्डले युद्धकालीन बेलाका ३६ वटा मुद्दा आफूविरुद्ध रहेको र अहिले प्रधानमन्त्री बनेर राम्रो काम गरेपछि दुई वटा मुद्दा थपिएको बताए । उनले भने, ‘पहिले नै हाम्रो टाउकोमा थुप्रै मुद्दा त छँदैछन् युद्धकालका मुद्दाहरू, मेरै ३६ वटा जति छन् । अझै शान्ति प्रक्रियाका बाँकी काम नटुंगिएसम्म कहीँ न कहीँ रही राखेका छन् । म प्रधानमन्त्री भएर राम्रो काम सुरु गर्न थालेपछि दुई वटा मुद्दा परेका छन् । त्यो पनि देखिरहनुभएको छ। हामी एक हुने र अघि बढ्ने भएपछि थाँती छन् । हामी शक्तिशाली भएपछि यी केही हुँदैन, हामी जित्दै जान्छौँ, कसैको केही लाग्दैन । हामी कमजोर हुँदै गए आक्रमण बढ्दै जान्छन् । हामीले यो पटक यो रूपान्तरण अभियानलाई हर हालतमा सफल पार्नैपर्छ ।’