काठमाडौं । नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेको छ । नेविसंघले इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्क वृद्धिको विरोधमा आइतबार बिहान बालुवाटार घेराउ गरेको हो ।
नेविसंघले ,सर्वसुलभ र गुणस्तरीय शिक्षा नागरिकको अधिकार र राज्यको दायित्व हो भन्दै इन्जिनियरिङ शिक्षा महँगो हुँदा गरिब तथा जेहेन्दार विद्यार्थी अध्ययनबाट वञ्चित हुने बताएको छ ।
शुल्क वृद्धि फिर्ता लिनुपर्ने माग गर्दै नेविसंघका नेता सुलभ चापागाईँ पाँच दिनदेखि आमरण अनशनमा छन् । नेविसंघले उनको जीवन रक्षाको पनि माग गरेको छ ।
सबै विश्वविद्यालयमा इन्जिनियरिङ शिक्षाको एकै मापदण्ड तय गरी एकरुपता ल्याउनुपर्ने र इन्जिनियरिङ अध्ययन संस्थानले हालै गरेको शुल्क वृद्धि फिर्ता लिनुपर्ने नेविसंघको माग रहेको छ ।