June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

राष्ट्रिय सभाको बैठक बस्दै

1.2K

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजेबाट सुरु हुनेछ ।

आजको राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण, मन्त्रीपरिषद्को गठन र मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराइने, राष्ट्रिय सभा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् सदस्यहरुको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउने कार्यसूची छ।

संविधानअनुसार बन्न बाँकी कानूनहरुको अध्ययन, प्रतिवेदन,२०८० सभा समक्ष पेस गर्ने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णयबाट आयोगको कार्याविपध थप गर्ने गरी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेस गर्ने पनि कार्यसूची रहेको छ ।

Advertisement