December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

सामाजिक सद्भाव खल्बल्याउने गलत प्रवृत्ति देखापरेको छ: उपप्रधानमन्त्री खड्का

875

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सामाजिक सद्भाव खल्बल्याउने गलत प्रवृत्ति देखापरेको बताए । शुक्रबार चाँगुनारायण नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय भवन र स्वास्थ्य चौकी भवनको शुक्रबार उद्घाटन गर्दै उनले यस्तो प्रवृत्तिबाट सबै नेपाली सचेत रहनुपर्ने बताएका हुन् ।

उनले देशमा कुनै पनि बाहनामा साम्प्रदायिक द्वन्द्व भड्काउन खोज्ने तत्वप्रति आमनागरिक, तीनै तहका सरकार र सबै राजनीतिक शक्तिहरु समेत सचेत हुनुपर्ने बताए । सदियौँदेखि देशमा विभिन्न भूगोल, ठाउँ र समाजमा मिश्रित रुपमा धेरै जातजाति, भाषाभाषी, वर्ग, धर्म, सांस्कृतिक परम्परा सबै एकतामा बाँधिदै आएको भन्दै उनले यस्तो एकता खलबल्याउने, समाज भाँड्ने काम कहीँकतैबाट हुन नहुने उनको भनाइ थियो ।

उपप्रधानमन्त्री खड्काले भने, ‘देशमा सबै जातजाति, भाषाभाषी, कला, संस्कृति, धर्म, भूगोल, सबै नेपालीबीच सदियौँदेखि एकताबद्ध भएर आएको देश हो यो, यहाँ कुनै जातजाति, भाषा, धर्म, संस्कृति, वर्गको नाममा द्धन्द्ध छैन,’ उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काले भने, ‘यो वा त्यो बाहनामा कसैले जातीय, साम्प्रदायिक द्वन्द्वको सिर्जनालाई प्रश्रय दिने काम भइरहेको छ, त्यसतर्फ सबै सचेत भएर एकताको बलमा देशको सार्वभौमिकता, अखण्डतालाई कायमै राख्दै जनताको विकासको आकांक्षालाई पूरा गर्न एक भएर लाग्नुपर्छ ।’

Advertisement