September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

त्रिशूलीमा बस खसेर घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

505

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको बस गजुरीनजिकै त्रिशूलीमा खस्दा घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

बुधबार बिहान सवा ११ बजे प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस खसेर त्रिशूली नदीमा पुगेको हो।दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरूको नाम खुलिसकेको छैन।

घटनास्थलबाट १७ जनाको उद्धार गरुएको प्रहरीले जनाएको छ । जसमध्ये ४ जनाको धादिङकै राजमार्ग अस्पताल र १३ जनालाई थप उपचार गर्न काठमाडौं ल्याइएको छ।

Advertisement