December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

प्रधानमन्त्रीद्वारा मन्त्री किरातीका बुवाको पार्थिब शरीरमा श्रद्धाञ्जली अर्पण

970

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका बुवाको पार्थिब शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डको साथमा उपप्रधान एवं रक्षामन्त्री पूर्वबहादुर खड्का, शहरी विकासमन्त्री सिता गुरुङ लगायतले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

मन्त्री किरातीका बुबा हर्कबहादुर किरातीको बुधबार बिहान ४ बजे अस्पतालमा निधन भएको हो । बेलायती सैनिकमा भर्ती भई फकल्यान्ड युद्ध लडेका हर्कबहादुर प्यारालाइसका कारण थलिएका थिए । उनको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

Advertisement

राईको पार्थिव शरीर आजै पुख्र्यौली घर भोजपुरको ओख्रे गाउँ लैजाने तयारी भइरहेको उनको निजी सचिवालयले जनाएको छ।