May 24, 2024, Friday
२०८१ जेष्ठ ११
1:37:26 pm

प्रतिनिधिसभा बैठक बस्दै

865

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ ।  बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । 

बैठकमा संसद सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र तथा विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूची रहेको पनि रहेको छ ।

Advertisement