November 18, 2025, Tuesday
२०८२ मंसिर २
1:37:26 pm

मन्त्री सुदन किरातीका बुबाको निधनप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दु:ख व्यक्त

1.6K

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका बुबा हर्कबहादुर राईको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दु:ख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सामाजिक संजालमा लेखेका छन्, ‘माननीय सुदन किरातीका आदरणीय बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा दुखद् निधन भएकोमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। दुखको यस घडीमा शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु।’

मन्त्री किरातीका बुबा हर्कबहादुर किरातीको बुधबार बिहान ४ बजे नर्भिक अस्पतालमा निधन भएको हो । बेलायती सैनिकमा भर्ती भई फकल्यान्ड युद्ध लडेका हर्कबहादुर प्यारालाइसका कारण थलिएका थिए ।

Advertisement