May 27, 2024, Monday
२०८१ जेष्ठ १४
1:37:26 pm

सुरूदेखि नै लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा छु: प्रधानमन्त्री प्रचण्ड

1.2K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा रहेको बताएका छन् । उनले लाल आयोगको प्रतिवेदन गोप्य राख्ने गरी आफूले कुनै निर्णय नगरेको बताएका हुन् ।

आइतबार १७औं राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘लाल आयोगको प्रतिवदनसम्बन्धी कुरा उठेको छ र अर्को सचिव झिकेको कुरा छ । म त्यस खालका प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा म सुरूदेखि नै छु ।’

२०७२ सालमा मधेश तथा थरुहट आन्दोलनका क्रममा भएका आन्दोलनमा सरकारका तर्फबाट भएका बलप्रयोग र ज्यादतीका विषयमा अध्ययन गर्न गठित तत्कालिन न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । तर उक्त प्रतिवेदन सार्वजनिक गरिएको छैन ।

Advertisement