December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

ललिता निवास जग्गा प्रकरण: अनुसन्धान प्रतिवेदन बुझाउने सीआईबीको तयारी

930

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास जग्गा प्रकरणसम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ । प्रतिवेदन आज बुझाउन लागिएको हो ।

सिआइबीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको बयान नलिई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको हो । यस प्रकरणमा तत्कालीन पूर्वप्रधानमन्त्रीद्धयप्रति प्रश्न उठेपछि सर्वोच्च अदालतले २१ साउनमा मन्त्रिपरिषदको निर्णय तथा कार्य प्रमाणित गरी कार्यान्वयन गर्ने तहमा संलग्नहरुमाथि अनुसन्धान गर्न आदेश दिएको थियो । तर सीआईबीले सरकारी वकिलको कार्यालयले दिएको समयसीमा भन्दा दुई दिनपछि आइतबार प्रतिवेदन बुझाउन लागेको हो ।

सीआईबीको अनुसन्धानबाट २०४९ देखि २०७० सालसम्म पाँचपटक गरी बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको खुलेको छ । यसमध्ये २०६६ सालमा ‘प्रधानमन्त्री निवास विस्तार’का नाममा २५ रोपनीभन्दा बढी जग्गा प्लटिङको बाटो बनाउन र मोहीका नाममा दर्ता हुन पुगेको छ ।

Advertisement