काठमाडौँ । नेकपा एमाले केन्द्रीय सचिवालयले सार्वजनिक कार्यक्रम व्यवस्थापन सम्बन्धी नयाँ नियम लागू गरेको छ ।
कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अन्यको फोटो प्रयोग गर्ने नपाउने निर्णय भएको छ ।
त्यसैगरी मञ्चको प्रयोग वक्ताले मात्र गर्न पाउने, अतिथि र वक्ताहरुलाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने र कार्यक्रममा तथा कार्यक्रम सुरु भएपछि आसन ग्रहणको उद्घोषण गरिरहेन परम्परा अन्त्य गर्ने ।
कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भडकिलो नबनाउने पनि नियम लागू गरिएको पार्टीका नेता महेश बस्नेतले फेसबुकमार्फत सार्वजनिक भएको छ ।