काठमाडौँ । नेपाल तामाङ घेदुङका अध्यक्ष तथा ताम्सालिङ संयुक्त संघर्ष समितिका सदस्य सचिव मोहन गोलेले राज्यसत्ताद्वारा प्रवद्र्धन गरिएका सबैखाले जातीय विभेदको विरुद्ध लड्न समयले एउटा क्रान्ति मागिरहेको वर्तमान परिस्थितिमा बुधबार ऐतिहासिक कार्य सम्पन्न भएको बताएका छन् ।
फेसबुकमा आफफ्नो धारणा सार्वजनिक गर्दै गोलेले लेखेको छन् –“लगभग दुई महिना लामो छलफल र बहसपछि ताम्सालिङ संयुक्त संघर्ष समितिको अवधारणा पत्र र आचारसंहिता आज पारित गरियो । यसबाट विभिन्न विचार, सिद्दान्त बोकेर हिडेका तामाङ नेतृत्व र अभियन्ताहरू आजदेखी ताम्सालिङ निर्माणको साझा मुद्दामा एकठाउमा उभिएका छन् । सबैले मेहनत गरेमा आजको दिन तामाङ आन्दोलनको इतिहासमा एउटा कोशेढुंगा साबित हुनसक्छ । एकता, संघर्ष र रुपान्तरणको यो महाअभियानमा जुट्नुहुने सबै नेतृत्व वर्गलाई हार्दिक आभार व्यक्त गर्दछु ।”
छलफलले समय तालिका अनुसार आआफ्नो जिम्मेवारी लिए मिसन–२०८४ लाई सफल बनाउन र आफ्नो इतिहास आफैले कोर्ने हिम्मत र साहसका साथ काममा खट्ने गोलेले खुलासा गरेका छन् । यसका लागि सबैलाई साथ, सहयोग, समर्थन र ऐक्यवद्धताको लागि अनुरोध पनि गोलेले गरेका छन् ।