काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुराकाे जमिन अब नक्सामा मात्र नभई व्यवहारमै सामेल गर्ने दावी गरेका छन्। राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो दावी गरेका हुन्।
‘नक्सामा मात्र होइन, व्यवहारमै हामी भूमि सामेल गर्छौैं, नक्सा छापिएपछि संविधान संशोधन भयो’, ओलीले भने, ‘निशान छापमा राखेर संविधानको अंग बनाइयो। यसपछि कतिपयलाई छटपटि भएको छ।’
संविधान जारी भएलगत्तै नाकाबन्दी गरिएपछि अर्को देशसँग पारवहन सन्धि गरेर नेपाललाई भूपरिवेशिष्टत होइन, भूजडित राष्ट्र आफूले बनाएको दाबी उनले गरे।