May 27, 2024, Monday
२०८१ जेष्ठ १५
1:37:26 pm

युवाहरुलाई देश भित्रै विकासको नयाँ गति पैदा गर्न प्रधानमन्त्री प्रचण्डको अपिल

1.2K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण युवाहरू लागे आउने दिनमा देशले कोल्टे फेर्ने बताएका छन् । शनिबार चितवनमा युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले देश भित्र नै विकासको नयाँ गति पैदा गर्नको लागि अपिल पनि गरे । उनले भने, ‘विस्तारै देशले नयाँ गति लिँदै छ । देश भित्र र देश बाहिर रहेका लाखौँ युवालाई आफ्नो सृजना र क्षमतालाई राष्ट्रको पक्षमा राष्ट्रको विकासमा र देश भित्र नै विकासको नयाँ गति पैदा गर्नको लागि अपिल गर्न चाहन्छु ।’

उनले शुक्रबार सिंहदरबामा वैदेशिक रोजगारमा गएका युवाहरूको समस्याको समाधानका लागि छलफल गरेको पनि बताए । उनले भने, ‘हिजो मात्रै सिंहदरबारमा ठुलो भेला गराएर छलफल गराएको थिए। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले के–कस्ता समस्या भोगिरहेका छन् र त्यसको समाधान कसरी गर्ने, देशभित्रको श्रमबजारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको छ। यसले युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।’

Advertisement