काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले मदन भन्डारी दुर्घटना प्रकरण, निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण लगायतका उच्चस्तरीय समिति बनाउन आवश्यक रहेको बताए । मंगलबारप्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै शर्माले फाइल पल्टाउनुपर्ने बताएका हुन् ।
शर्माले भने, ‘आज यहाँ कोही उभिएर बोलिरहेको छैन । ३० वर्ष दुई महिना २३ दिन अगाडि गम्भीर दुर्घटना भयो । यो देशको एउटा सुप्रसिद्ध राजनीतिज्ञ जसलाई म श्रद्धापूर्वक नाम लिन्छु, मदन भण्डारीको निधन भयो । उच्चस्तरीय आयोग बनाउने भन्दैगर्दा ती फाईलहरु पल्टाऔं ।’
सरकारले निकायले विषय प्रवेश गरेर अनुसन्धान गरिरहेको विषयमा उच्चस्तरीय समिति आवश्यक नरहेको बताउदै उनले आयोग बनाउने नै भए निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा छानविनको लागि आयोग बनाउन आवश्यक रहेको उनले बताए ।
उनले सरकारको निकायले विषय प्रवेश गरेर काम गरिरहेको बेलामा आयोगको खाँचो नरहेको बताए ।