काठमाडौं । रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि पहिलोपटक निजी निवास बोहोराटार पुगेका छन् । उनी शनिबार बिहान निजी निवास पुगेका हुन् ।
राष्ट्रपति निर्वाचित भएर शीतल निवास सरेपछि पौडेल निजी निवास गएका थिएनन् । पौडेल पुग्दा उनलाई आफन्त र शुभेच्छुकले स्वागत गरेका थिए ।
उनी गत फागुन अन्तिम साता मुलुकको राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।