काठमाडौं । नेपाल मगर संघ र नेपाल तामाङ घेदुङले जिल्ला प्रहरी परिसर टेकु घेराउ घरेको छ । अधिवक्ता भगवती पाण्डेले विवादास्पद अभिव्यक्ति दिएको भन्दै उनलाई तत्काल पक्राउ गर्नुपर्ने माग गर्दै संघले प्रहरी परिसर टेकु घेराउ गरेको हो ।
‘भगवती पाण्डेको लाइसेन्स खारेज गर’, ‘जातीय हिंसा बन्द गर’, ‘भगवाती पाण्डेलाई कानूनबमोजिम कारवाही गर’, ‘पहिचानवादी एक हौं’, ‘सांस्कृतिक अतिक्रमण बन्द गर्’ भन्ने नाराससहित प्रदर्शन गरिएको हो ।
घेराउ गर्न पुगेका आन्दोलनकर्मी र प्रहरीबीच हात हालाहालसमेत भएको छ । झडपको अवस्था सिर्जना भएपछि आन्दोलनकर्मीहरुले ‘प्रहरी दमन बन्द गर्’ भन्दै नारा लगाएका थिए । केहीलाई प्रहरीले पक्राउ गरेको छ ।
एक आन्दोलनमा सहभागिका अनुसार ६० जना जति आन्दोलनकर्मी पक्राउ परेका छन् भने प्रहरी र आन्दोलनकर्मी दुवै घाइते भएका छन् ।
प्रहरीले भने आन्दोलितहरुलाई भगवती पाण्डेलाई पक्राउ गरिसकिएको बताएका छन् ।