September 26, 2023, Tuesday
२०८० आश्विन १०
1:37:26 pm

भ्रष्टाचार अभियानमा साथ दिन गृहमन्त्रीको आह्वान

560

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार अभियानमा साथ दिन आह्वान गरेका छन् । शनिबार बिहान राष्ट्रिय शहीद तथा शान्ति पार्क जगडोलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले सरकारले सुरु गरेको ‘भ्रष्टाचार विरोधी’ अभियानमा साथ दिन सबैलाई आह्वान गरेका हुन् ।

उनले भ्रष्टाचारी र कमिसनखोरलाई कानुनी दायरामा ल्याउने र निहित स्वार्थ अनुकुल काम गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताए । भ्रष्टाचारीलाई कारबाही गर्दै सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउदै उनले भने, ‘जो–जो दोषी वा अपराधी छन्, तिनलाई कारबाही गरिन्छ नै ।’

मन्त्री श्रेष्ठले शहीद तथा बेपत्ता योद्धाले ऐतिहासिक राजनीतिक परिवर्तनका लागि मात्र नभएर जनताको जीवनस्तर फेर्नका लागि समेत आफूलाई उत्सर्ग गरेको भन्दै त्यस दिशामा अगाडि बढ्न भ्रष्टाचार र कमिसनतन्त्रलाई निमिट्यान्न पार्नुपर्ने पनि बताए ।

Advertisement