January 27, 2022, Thursday
२०७८ माघ १४
1:37:26 pm

चार पूर्वप्रधानन्यायाधीशहरुको बक्तब्य विवादमा

1.6K

काठमाडौं: पूर्वप्रधानन्यायाधीशहरुले प्रतिनिधिसभा विघटन बारे शुक्रबार प्रकाशित गरेको प्रेस विज्ञप्तीले संविधानको उल्लंघन भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दावी गरेका छन ।

थापाले ट्विट मार्फत भनेका छन, “चार जना पूर्व प्रधानन्यायाधीशहरूको असंबैधानिक वक्तव्यबाजीबाट संविधानको भाग ११, न्यायपालिकासम्बन्धी व्यवस्थाको बर्खिलाप कार्य भएको छ । यसले अदालतलाई प्रभावित गर्ने र भिडको निहीत चाहनामुताविक फैसला गर्न प्रेरित र बाध्य गर्ने उहाँहरूको दुराशय स्पष्ट पारेको छ ।”

शुक्रबार पूर्वप्रधानन्यायाधिशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त रुपमा प्रेश विज्ञप्ती जारी गर्दै सरकारले संविधानको आकर्षित नहुने धारा प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेको धारणा सार्वजनिक गरेका थिए।

Advertisement

संविधानले अधिकार दिएकामा बाहेक प्रतिनिधिसभा विघटन गर्ने जस्तो अधिकार आफूमा अन्तर्निहित रहेको भन्न, अधिकार सिर्जना गर्न वा ग्रहण गर्न मिल्ने अवस्था नदेखिने विज्ञप्तीमा उल्लेख छ ।