काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह र संघ तथा प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेर जितेका माथिको कारबाही फुकुवा गरेको छ । पार्टी कार्यालय, सानेपामा बसिरहेको केन्द्रीय कार्यसमिति बैठकले १२ जनाको कारबाही फुकुवा गरेको हो ।
महामन्त्री विश्वप्रकाश शर्माका अनुसार जुम्लाबाट स्वतन्त्र रुपमा प्रदेशसभा सदस्य जितेका देवेन्द्र शाही र सर्लाहीबाट प्रदेशसभा सदस्य जितेका जंगीलाल रायको कारबाही फुकुवा भएको छ ।
यस्तै, जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, बर्दिबासका मेयर प्रह्लादकुमार क्षेत्री, उपमेयर तारादेवी महतो र चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतको कारबाही फुकुवा भएको हो ।
यस्तै बर्दिबासका वडाध्यक्षहरु रामसवारत यादव, विजय महतो, विन्देश्वर यादवको पनि कारबाही फुकुवा भएको छ । यस्तै बर्दिबासका नेताहरु अक्कल तामाङ, प्रमोद मोक्तान, लक्ष्मण सिंहको कारबाही फुकुवा भएको छ ।