September 21, 2023, Thursday
२०८० आश्विन ५
1:37:26 pm

प्रधानमन्त्री प्रचण्ड गोरखा जाँदै

505

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  बुधबार गोरखा जानलागेका छन् । उनी बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटनका लागि गोरख जान लागेका हुन् ।

गण्डकी गाउँपालिका–८ घ्याल्चोकस्थित सिउरेनीटारमा बुधबार दिउँसो आयोजनाको कार्यालय उद्घाटन गर्ने कार्यक्रम तय छ । प्रधानमन्त्री प्रचण्डले उक्त आयोजना क्षेत्रको निरीक्षणसमेत गर्ने छन् ।

प्रधानमन्त्री प्रचण्ड साढे ११ बजे हेलिकप्टरमार्फत सिउरेनीटार पुग्ने छन् ।

Advertisement