September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

‘घरघर जाऔं, पार्टी सदस्य बनाऔं’ अभियान चलाउदै नेपाली काँग्रेस

695

काठमाडौं । नेपाली कांग्रेसले आगामी एक वर्ष क्रियाशील सदस्यता विस्तार अभियान चलाउने र ५ देखि ७ लाख नयाँ सदस्य बनाउने कार्ययोजना अघि सारेको छ । मंगलबारदेखि सुरू भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले आगामी साउन २० देखि २०८१ असार ३१ गतेसम्म ‘घरघर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने योजना प्रस्तुत गरेका हुन् ।

क्रियाशील सदस्यताको वितरण वर्षभरि नै गर्नेगरी यसका लागि जिल्ला कार्यसमितिलाई फारम पठाइसकिएको र अब इच्छुक साथीहरूले प्रक्रिया पुरा गरेर पार्टीको क्रियाशील सदस्यता लिन सक्ने बताइएको छ।

कांग्रेसको क्रियाशील सदस्ता वितरण अनलाइनमार्फत् गर्ने कुरा सुरू भएको र यसलाई प्रभावकारी बनाउने, संगठन विस्तार र सुदृढीकरणका लागि नयाँ व्यक्तिलाई पार्टीमा आकर्षण र गर्न र समाजको विविधता झल्कनेगरी यो वर्षको साउन २० गतेदेखि २०८१ असार ३१ गतेसम्म घरघर जाऊँ पार्टी सदस्य बनाऊँ भन्ने अभियान चलाउन अन्तर्गत राष्ट्रिय अभियान सुरू हुने बताइएको छ ।

Advertisement

कांग्रेसले ५ लाखदेखि ७ लाख सदस्यता बनाउने उद्देश्यले यो अभियान प्रारम्भ गरेको हो ।

केन्द्रीय समिति बैठक अहिले जारी छ। आजको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने छन्। केन्द्रीय समितिको बैठक करिब एक साता चल्ने छ।