June 22, 2024, Saturday
२०८१ असार ९
1:37:26 pm

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा तीन विधेयक प्रमाणीकरण

905

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलद्धारा तीन विधेयक प्रमाणीकरण गरिएको छ । राष्ट्रपति पौडेलले विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० आइतबार प्रमाणीकरण गरेका हुन् ।

सरकारले गत जेठ १५ गते बजेट संसदमा बजेट प्रस्तुत गरेको थियो । उक्त बजेट शुक्रबार संघीय संसदको दुबै सदनले पारित गरेपछि सरकारले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएको थियो ।

संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणीकरणका लागि आएका विधेयक सोही धाराको उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

Advertisement