March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

राष्ट्रिय सभामा रायमाझीको प्रश्न: ‘कांग्रेसमात्रै भ्रष्टाचारी हो, कम्युनिष्टको विषयमा बोल्न पर्दैन ?’

2.9K

काठमाडौं: नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले सरकारले गरेका केही काममा पनि जनप्रतिनिधिले बोल्न नपाउने हो भन्दै प्रश्न गरेका छन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै रायमाझीले प्रधानमन्त्री सच्चिन तयार हुनुपर्ने बताए ।

रायमाझीले कम्युनिष्टले खुलेआम भ्रष्टाचार गर्दा कसैले बोल्न नपाउने अवस्था आएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीनै ढाकछोपमा लाग्नु गलत भएको बताए । कांग्रेसमात्रै भ्रष्टाचारी भएको प्रचार गरिएको भन्दै उनले खण्डन गरे ।

रायमाझीले संसद विघटन विघटन गरेर ओलीले आफ्नो निरङ्कुशता लाद्न खोजेको भन्दै यस्तो असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोध गर्दै सच्चिनका लागि आग्रह गरे ।

Advertisement