September 26, 2023, Tuesday
२०८० आश्विन १०
1:37:26 pm

मनाङ एयरको हेलिकप्टरमा सवार ६ जनाकै मृत्यु

1.4K

काठमाडौँ । मनाङ एयरको हेलिकप्टरमा सवार ६ जनाकै मृत्यु भएको छ । बिहीवार सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको ‘९–एन–एमभी’ हेलिकप्टर लिखुपिके गाउँपालिकामा दुर्घटनाग्रस्त भएको हो ।

काठमाडौँका लागि बिहान १० बजेर १३ मिनेटमा उडेको हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।

हेलिकप्टरमा क्याप्टेन चेतबहादुर गुरुङसहित अन्य ५ जना मेक्सीकोका नागरिक थिए । मेक्सिकोका यात्रुहरू रहेका थिए । यसमध्ये दुईजना पुरुष र तीन जना महिला रहेका छन् । यात्रुहरूमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन् । उनीहरूको शव दुर्घटनास्थल लिखुपिके गाउँपालिका–५ स्थित लम्जुराडाँडामा भेटिएको छ ।

Advertisement

उनीहरू सोमबार लुक्ला पुगेका थिए । एक रात त्यहाँ बसेर आज काठमाडौँ फर्किँदै थिए ।