September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लम्जुरामा डाँडामा दुर्घटनाग्रस्त

1K

काठमाडौँ । सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको मनाङ एयरको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने लम्जुरामा डाँडामा दुर्घटनाग्रस्त भएको छ । सोलु दुधकुण्ड नगरपालिका–२ मा दुर्घटना भएको पुष्टि भएको छ ।

स्रोतका अनुसार हेलिकप्टर क्षतविक्षत भएको छ । मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १० मिनेटमा सुर्केबाट उडेको थियो । काठमाडौँको लागि उडेको केही मिनेटमा हेलिकप्टर सम्पर्क विहीन भएको थियो । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार छन् ।

दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर खोज्न काठमाडौँबाट हेलिकप्टर परिचालन गरिएको छ । ६ जनाको उद्दार टिमसहित अल्टिच्यूड एयरको हेलिकप्टर परिचालन गरिएको हो ।

Advertisement