काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने बताए । सोमबार बिहान पुष्पलाल प्रतिष्ठानद्वारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार २०७९ समर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
कार्यक्रममा बोल्दै उनले जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको सङ्कल्प गरिसकेका कारण हाम्रा सिर्जनाहरूसमेत समाजवादको वैचारिक एवम् सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्ने’ बताए ।