February 9, 2026, Monday
२०८२ माघ २६
1:37:26 pm

सभापति चयन प्रक्रियामा बिलम्ब नगर्ने मुख्य दलका नेताहरूको प्रतिबद्धता

1.6K

काठमाडौं । मुख्य दलका नेताहरुले सभापति चयन प्रक्रियामा बिलम्ब नगर्ने प्रतिबद्धता गरेका छन् । सभामुख देवराज घिमिरेले मंगलबार बोलाएको सर्वदलीय समिति बैठकमा मुख्य दलका नेताहरुले संसदीय समितिहरूको नेतृत्व चयन प्रक्रिया तत्काल अघि बढाउने सहमति गरेका हुन् ।

सभापति चयन नहुँदा संसदीय समितिहरुले काम गर्न नसकेपछि सभामुख घिमिरे दलहरुको म बैठक बोलाएका थिए । बैठकमा सभामुख घिमिरे संसदीय समितिको नेतृत्व चयनमा ‘तपाईंहरूबीच कुनै समझदारी हुन्छ कि निर्वाचन प्रक्रिया अघि बढाऊँ ?’ भन्दै शीर्ष नेताहरुलाई सोधेका थिए ।

कानून तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सभापति चयनबारे सबै दलका प्रमुख सचेतकहरुसँग छलफल गरेर चाँडै प्रक्रियाअघि बढाउने सहमति भएको जानकारी दिए । उनले सबै दलहरु संसद्‌मा मिलेको सन्देश दिन सभापति चयनमा विगतको सहमतिलाई कार्यान्वयन गर्ने जोड दिने बताए ।

Advertisement

उनले पुरानो सहमतिअनुसार अघि बढ्न आफूहरू तयार रहेको बताए ।