September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

प्रतिनिधि सभाको बैठक बस्दै

595

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आर्थिक विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

यस्तै, आज आर्थिक विधेयक-२०८० माथि छलफल हुने र त्यसमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने बताइएको छ।

संसद सचिवालयका अनुसार आज अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक विधेयक-२०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।

Advertisement

आजै अर्थमन्त्री महतले राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै, राष्ट्र ऋण उठाउने विधेयक-२०८० माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने विधेयक पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।