काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्न जरुरी नभएको बताएका छन्। सभामुख घिमिरेले सञ्चार क्षेत्रको महत्व धेरै रहेकाले यसलाई कुण्ठित गर्न नहुने तर यसमा भएका विकृतिलाई भने नियन्त्रण गर्नुपर्ने बताएका हुन्।
शनिबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै सभामुख घिमिरेले भने, ‘सञ्चार क्षेत्रको महत्व धेरै छ, सञ्चार क्षेत्रलाई कुण्ठित गर्ने कुरा लोकतन्त्रमा न सैद्धान्तिक रूपबाट न दार्शनिक, न व्यवहारिक, न अहिलेको हाम्रो अवस्थाको रूपबाट जरुरी छैन ।’
यसमा भएका विकृतिलाई भने नियन्त्रण गर्नुपर्ने उनले बताए । ‘यसमा भएका विकृतिलाई नियन्त्रण गर्ने, ठिक दिशानिर्देश गर्ने, यसको महत्वलाई बढाउने, यसले लोकतन्त्र र गणतन्त्रप्रति खासगरी समाजवाद निर्माण गर्ने संविधानप्रति कसरी राष्ट्र र जनतालाई सहयोग गर्न सकिन्छ भन्ने पाटो निकै महत्वपूर्ण रहेको छ’, उनले भने ।
उनले संसदका सभामुख, अध्यक्ष, उपसभामुख, उपाध्यक्षहरूको भूमिकालाई सही दिशा निर्देश गर्ने कुरामा संचारको भूमिका रहने बताए।