November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

‘केपी ओलीको ठाउँमा म भएको भए अविश्‍वासको प्रस्ताव दर्ता गर्नुअघि नै राजीनामा दिन्थें’

2.5K

काठमाडौं: राष्ट्रिसभाका सदस्य तथा नेकपाका उपाध्यक्ष बामदेव गौतमले पार्टीबाटै अविश्वासको प्रस्ताव आउने निश्चित भएपछि प्रधानमन्त्रीले पदबाट राजीनामा दिनपर्ने स्थिति रहेको बताएका छन् ।

राष्ट्रियसभामा पहिलोपटक बोल्दै नेता गौतमले आफूसित पार्टी अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालले पनि अविश्वासको प्रस्ताव लैजाँदै गरेकोबारे जानकारी नदिएको बताए ।

पार्टी विभाजित भएको स्थिति रहेको तर आफू कुनै पनि समूहमा नभएको भन्दै उनले पार्टीको जीवन अन्तर्संघर्षमा हुने स्पष्ट पारे ।

Advertisement

पार्टी राजनीतिक रुपमा विभाजित रहेको भन्दै उनले कानुनी रुपमा अझै केही भन्न नसकिने उनले बताए ।