September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

600

काठमाडौं । ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । उनलाई अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले पक्राउ गरेको हो ।

ललिता निवासको जग्गा हडप्न सरकारी कागजात किर्ते गरेको कसुरमा अनुसन्धानका लागि उनलाई
सीआईबीको टोलीले केही बेरअघि काठमाडौंबाट नियन्त्रणमा लिएको हो स्रोतले जनाएको छ ।

ललिता निवास प्रकरणमा डेढ वर्षअघि नै सिआईबीले अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाए पनि थप अनुसन्धान आवश्यक पर्ने भन्दै फाइल फिर्ता गरेको थियो । त्यसपछि रोकिएकोमा अहिले अनुसन्धान ब्युरोले फाइल खोलेर आरोपितलाई उनलाई गरेको हो ।

Advertisement