September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

अबको सिर्जना र अनुसन्धान केवल परम्परा धान्नेमा मात्रै सीमित हुनु हुँदैन: प्रधानमन्त्री प्रचण्ड

750

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको अनुसन्धान तथा सिर्जना परम्परा धान्नमा सीमित हुन नहुने बताए । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कविता महोत्सवलाई सम्बोधन गर्दै प्रधानन्त्री प्रचण्डले ज्ञान तथा साहित्य कलालाई आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘अबको सिर्जना, अबको अनुसन्धान केवल परम्परा धान्नेमा मात्रै सीमित हुनु हुँदैन। यथास्थितिवादी सौन्दर्य चेतनाले मात्रै अब पुग्ने स्थिति पनि छैन । आज नेपाली समाजको सामाजिक संरचना र राजनीतिक व्यवस्थामा परिवर्तन आएको छ । सामाजिक संरचना, राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोही अनुसारको सांस्कृतिक रुपान्तरण अभियान अघि आउन जरुरी छ । परिणामतः नेपाली समाजका सुक्ष्म तहमा जरा गाडेर बसेको सामन्तवादी संस्कृति र सुनामी जस्तै बनेर आइरहेको भूमण्डलीकृत उत्तर आधुनिक संस्कृतिको प्रतिरोध गर्दै आजको संघीय समानुपातिक गणतान्त्रिक युग अनुसारको संस्कृतिको निर्माण आजको आवश्यकता हो ।’,

‘नेपालका कतिपय उन्नत सांस्कृतिक परम्परा यहाँको माटोमा सिर्जित र विकसित ज्ञान तथा साहित्य कला र साहित्य चिन्तनलाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्नसके मात्रै हामीले अपेक्षित सफलता हासिल गर्न सक्नेछौँ ।’, प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

Advertisement