September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

नागरिकता पाउने बाटो खुलेपछि नागरिकताविहीनहरूमा हर्षोल्लास

920

काठमाडौं । जन्मका आधारमा नागरिकता पाएकाहरुको सन्तानले नागरिकता पाउने बाटो खुलेको छ। नागरिकता विधयेक प्रमाणीकरणसम्बन्धी रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै अब उनीहरूले नागरिकता पाउने बाटो खुला भएको हो ।

विधेयक कार्यान्वयन हुने भएपछि नागरिकताविहीनहरुले खुसियाली मनाएका छन् । माइतीघरमा आन्दोलनरत नागरिकता पीडित संघर्ष समितिले खुशियाली मनाएको हो ।

राष्ट्रपति रामचन्द्रले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले २२ जेठमा विधेयक कार्यान्वयनका लागि अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि नागरिकताविहीनहरूले माइतीघर मण्डलामा आन्दोलन गर्दै आएका थिए । तर, न्यायाधीश डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले विधेयक कार्यान्वयनमा रोक लगाउने यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएपछि नागरिकताविहीनहरु हर्षित भएका हुन्।

Advertisement

नागरिकता नपाउँदा उनीहरुले विदेश जान, उच्च शिक्षा अध्ययन गर्न, बैंकमा खाता खोल्न पाएका थिएनन् ।

तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदले पारित गरेको तर प्रमाणीकरण नगरी होल्डमा राखिएको उक्त विधेयक १७ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए ।विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदम संविधान विपरीत रहेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दिएका थिए ।