February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

प्रधानमन्त्री तुम्लिङटारमा: बाढीपीडितको उद्दार, राहत र बेपत्ताहरुको खोजी कार्यमा जुट्न निर्देशन

1.3K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आज दिउँसो संखुवासभाको तुम्लिङटार पुगेका छन्। आइतबार परेको अबिरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु १८ जनाभन्दा बढी बेपत्ता भएका थिए । प्रधानामन्त्रीले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्दारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राखेका थिए।

उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे । उनले उद्दार, राहत र बेपत्ताहरुको खोजी कार्यमा लाग्न जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन र अन्य स्वयम्सेवी संघसंस्थामा अपील पनि गरे । प्रधानमन्त्रीले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबार बिहिनलाई तत्काल स्थानान्तरण र भोलिको आवासको लागि व्यवस्था मिलाउन आवस्यकता अनुसार सरकारले तदारुकताका साथ काम गर्ने पनि बताए ।

उनले भने, ‘म अस्ति मात्र मेलम्ची गएको थिएँ, त्यहा जसरी आकस्मिक बाढीले धनजनको क्षति भएको थियो, यहाँ पनि त्यसरी नै आकस्मिक रूपमा प्रकोप देखियो ।’

Advertisement

प्रधानमन्त्री आजै बाढीपहिरो प्रभावित ताप्लेजुङ र पाँचथरको अवलोकन गरी अपरान्ह काठमाडौं फर्कने छन् ।